‘पठान’लाई लिएर मध्यप्रदेशका सभामुखको आपत्ति- शाहरुखलाई आफ्नी छोरीसँग बसेर फिल्म हेर्न चुनौती – Nepal Press

‘पठान’लाई लिएर मध्यप्रदेशका सभामुखको आपत्ति- शाहरुखलाई आफ्नी छोरीसँग बसेर फिल्म हेर्न चुनौती

काठमाडौं । मध्यप्रदेशका मन्त्री नरोत्तम मिश्रापछि प्रदेश सभाका सभामुख गिरीश गौतमले पनि शाहरुख खानको आगामी फिल्म पठानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ मा देखाईएको दृष्यहरु अशोभनीय भएको उनको भनाई छ ।

भारतमा आजदेखि प्रदेश सभाको पाँचदिने अधिवेशन सुरु हुँदैछ । भारतीय मिडियाका अनुसार गौतमले पाँचदिने अधिवेशन अगावै ‘पठान’ले राज्यमा उठेको विवादबारे बोलेका हुन् । उनले भने, ‘शाहरुखले आफ्नी छोरीसँग बसेर यो फिल्म हेर्नुपर्छ । फिल्म हेर्दै गरेको तस्विर अपलोड गरेर उनले संसारलाई आफू छोरीसँग बसेर यो चलचित्र हेर्दैछु भनेर बताउनुपर्छ । म तपाईंलाई आगामी दिनहरुमा पनि यस्तै चलचित्र बनाएर चलाउने चुनौती दिन्छु ।’

२२ वर्षीया शाहरुख पुत्री सुहाना खान पनि चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् ।

बलिउड सुपरस्टार शाहरुख खान र दीपिका पादुकोणको अभिनय रहेको चलचित्र ‘पठान’ को पहिलो गीत ‘बेशरम रंग’ मा दीपिकालाई सुरुदेखि अन्तसम्म नै बिक्नीमा देख्न सकिन्छ । भिडियोमा प्रयोग भएको आफूले लगाएको बिक्नीको रंगका कारण पनि यतिखेर दीपिका विवादमा तानिएकी हुन् ।

उनले गीतमा केसर रंगको बिक्नी लगाएकी छन् । केसर रंगको बिक्नी लगाएर धार्मिक संवेदनाको अपमान गरेको धेरैको आरोप छ । राज्यका नेताहरू लगायतले समेत उक्त गीत र गीतमा प्रयोग गरिएको पहिरनले आफ्नो धार्मिक संवेदनामा चोट पु¥याएको र गीत अभद्र र अश्लील भएको बताईरहेका छन् ।

यसअघि मध्यप्रदेशका मन्त्री नरोत्तम मिश्राले पनि उक्त गीतमा पादुकोणको पहिरनप्रति आपत्ति जनाउँदै गीतको दृश्य परिवर्तन गर्न निर्मातालाई आग्रह गरेका थिए । दृश्य नसच्याएको खण्डमा चलचित्र मध्य प्रदेशमा रिलिज गर्ने या नगर्नेबारे पुनर्विचार गर्नुपर्ने मिश्राको भनाई थियो। त्यसयता माइक्रोब्लगिङ साइट ट्विटरमा ‘बहिष्कार पठान’ ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *