सेयर कारोबारलाई स्मार्ट बनाउन मोबाइल एप सञ्चालन, यस्ता छन् विशेषता – Nepal Press

सेयर कारोबारलाई स्मार्ट बनाउन मोबाइल एप सञ्चालन, यस्ता छन् विशेषता

काठमाडौं । सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै ‘होम सर्भिस ट्रेड लिंक प्रालि’ले स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भएको थियो । तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । प्राविधिक कमी कमजोरीहरुलाई सुधार गर्दै ‘होम सर्भिसले स्मार्ट’ कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो ।

उक्त एपमा वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरुका साथै सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरु लाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने निर्देशक दामोदर श्रेष्ठको दाबी रहेको छ ।

उनले अडलटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न ‘अडलट’ फोरम पनि एपमा उपलब्ध गराइएको बताए ।

एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निशुल्क तालिम प्रदान गरिने श्रेष्ठले बताएका छन । प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निशुल्क प्रयोग गर्न पाउने छन् त्यसपछी उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्नुपर्नेछ ।

वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट र ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निशुल्क प्राप्त गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *