जनमत संसदीय दलको नेतामा सीके राउत, उपनेता र सचेतक पनि छानिए – Nepal Press

जनमत संसदीय दलको नेतामा सीके राउत, उपनेता र सचेतक पनि छानिए

जनकपुरधाम । पहिलो पटक संसदीय चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउतलाई सर्वसम्मत चयन गरेको छ ।

डा. राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । सो पार्टीले संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा विनिता सिंह दनुवारलाई चयन चयन गरेको छ ।

यस्तै सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर