स्थिति नियालिरहेका छौं, सरकारमा जाने विषयमा अनिर्णयको बन्दी बन्दैनौं : रवि लामिछाने (भिडिओ) – Nepal Press

स्थिति नियालिरहेका छौं, सरकारमा जाने विषयमा अनिर्णयको बन्दी बन्दैनौं : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताएका छन् । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने स्पष्ट पारे ।

आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लामिछानेले निर्वाचन आयोगको जलपान कार्यक्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिएका थिए । उनले सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताए ।

लामिछानेले भने, ‘हामी सरकारमा नजाँदा बहुमतै नपुग्ने स्थिति त छैन । तर, केही सहज बनाउला । केका लागि सरकारमा जाने भन्ने स्पष्ट हुनुपर्छ । अहिले हामी स्थितिलाई नियालिरहेका छौं ।’

उनले संसदमा आफ्नो पार्टीले चुनावअघि उठाएका जनजिविका तथा राष्ट्रियताका मुद्दाहरुलाई उठाउने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर