स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा – Nepal Press

स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्म निर्भर संस्थाको रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरी स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जबाफदेहितालाई प्रभावकारी रूपमा पुरा गर्नुपर्ने उनले बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रूपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे ।

उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने बताए ।

उनले मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर