रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
नेपाल प्रेस
२०७९ पुष ४ गते १०:१९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।
आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने एक नेताले बताए ।
सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी २० सीट जितेको छ ।
प्रतिक्रिया