मस्कले ट्विटरको सीइओबाट चाँडै राजीनामा दिन सक्छन् – Nepal Press

मस्कले ट्विटरको सीइओबाट चाँडै राजीनामा दिन सक्छन्

न्युयोर्क । अर्बपति तथा ट्विटरका नयाँ मालिक एलोन मस्कले ट्विटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नगर्ने निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण ट्वीट गरेका छन् । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका छन् । परिणाम चाँडै सार्वजनिक हुने जनाइएको छ ।

मस्कले सीईओको रूपमा केही महिनायता कम्पनीमा केही उथलपुथल गरेका छन्। ट्विटरका हजारौँ कर्मचारीहरूलाई हटाउने र ठूला नीति परिवर्तनहरू गरेका छन् ।

त्यस्तै ब्लु टिक प्रमाणीकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए ।

उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधनीहरूले आलोचनाको सामना गर्नु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *