काभ्रेको तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

काभ्रेको तेमाल गाउँपालिकाका पूर्वअध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सालमसिंह लामा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सर्मिला लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको गिटी बालुवा लगायत संकलन गर्न ठेक्का सम्झौता गर्दा बोल कबोल अंकभन्दा घटीमा सम्झौता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध ५ करोड १४ लाख जरिवानाको मागदावीसहित मुद्दा दायर गरेको हो । सोही प्रकरणमा ठेकेदारहरुविरुद्ध पनि कर्मचारी र जनप्रतिनिधि सरह जरिवाना र जेल सजायसहितको विगोदावी गरेर मुद्दा दायर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर