व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल – Nepal Press

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।

शनिवार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आइडिया भए लगानीका लागि लगानीकर्ता र बैंकहरु उपलब्ध हुने बताए ।

उनले भने, ‘यदि तपाईँसँग आइडिया छ । तपाई आमजनताका लागि काम गर्नुहुन्छ र इमानरिताका साथ काम गर्नुहुन्छ भने तपाईँलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय संस्थाहरू र लगानीकर्ताहरु तपाईँलाई लगानी गर्न तयार हुन्छन् ।’

मूल्यवृद्धि र बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरू मारमा परेको पनि उनले बताए । यो समस्या विस्तरै समाधान हुने विश्वास ढकालले व्यक्त गरे ।

उनले निजी क्षेत्रले उठाएका एजेण्डाहरु निजी क्षेत्रको मात्रै नभएर समग्र अर्थतन्त्र सुधारका लागि रहेको बताए ।

ढकालले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेकाले यसको मार निजी क्षेत्रलाई पनि परेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *