संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ : महामन्त्री शर्मा (भिडिओ) – Nepal Press

संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस झापा १– काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले अहिलेको राष्ट्रपतिले पटक पटक संविधान कुल्चने र उलङ्घन गर्ने काम गरेको आरोप लगाउँदै अबको राष्ट्रपति चयनमा दलहरू गम्भीर हुनुपर्ने र संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृत्ति लिएर जाने उल्लेख गरे । पहिलो राष्ट्रपति मधेसी समुदाय र दोस्रो राष्ट्रपति महिला समुदायबाट बनेको भन्दै अबको राष्ट्रपति फरक समुदायको राष्ट्रपति हुनुपर्ने उनको भनाइ छ ।

उनले अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभई गठबन्धन मिलेर विजयी भएको भएको भन्दै अव बन्ने प्रधानमन्त्री दुई वर्षका लागि बन्ने धारणा राखे । सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने उनको भनाइ छ ।

महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सबै समस्याहरूलाई गठबन्धन दलहरू मिलेर नै समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर