‘महापुरुष’ ले ५१ दिनमा ११ करोड कमायो, निर्माण टिमले यसरी साट्यो खुसी (तस्बिरहरू) – Nepal Press

‘महापुरुष’ ले ५१ दिनमा ११ करोड कमायो, निर्माण टिमले यसरी साट्यो खुसी (तस्बिरहरू)

काठमाडौं । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।

चलचित्रले ५१ औँ दिन मनाईंरहँदा निर्माण पक्षले केक काटेको छ । चलचित्रले आजसम्म ११ करोड कमाएको छ ।

यस्तै चलचित्र निर्माण टिमले ३ सय बिरुवा रोप्ने निर्णय पनि गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रूपमा डेब्यु गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *