तीन बुँदे सहमति कार्यान्वयनका लागि विप्लव निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन (भिडिओ) – Nepal Press

तीन बुँदे सहमति कार्यान्वयनका लागि विप्लव निकट अखिल(क्रान्तिकारी)को प्रदर्शन (भिडिओ)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।

सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले तीन बुदे कार्यान्वयन गर, आस्थाका बन्दी रिहाई गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा अखिल(क्रान्तिकारी) महासचिव ललित विकले विभिन्न देशी विदेशी षडयन्त्रकाबीच सरकारले आफुसंग गरेको सहमति कार्यान्वयन गर्न नखोजेको आरोप लगाए । उनले नेपाली जनताको शान्तिको पक्षमा नेकपासंग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे ।

तीन बुँदे कार्यान्वयनका लागि नेकपाले पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर