लुम्बिनीमा ८७ सांसदमध्ये २६ जना ४० वर्षमुनिका – Nepal Press

लुम्बिनीमा ८७ सांसदमध्ये २६ जना ४० वर्षमुनिका

रुपन्देही । राजनीतिमा युवा पिँढीको सहभागिताको बहस चलिरहेका बेला लुम्बिनी प्रदेशसभामा करिब १ तिहाइ सांसदहरू ४० वर्षभित्रकै आएका छन् ।

प्रदेशसभामा प्रत्यक्ष ५२ र ३५ समानुपातिक गरी ८७ सांसद निर्वाचित भएकामध्ये २६ जना ४० वर्षभित्रकै आएका हुन् । निर्वाचन आयोगमा रहेको उम्मेदवारको विवरणअनुसार प्रत्यक्षतर्फ १० र समानुपातिक १६ जना प्रदेशसभा सदस्य ४० वर्ष वा यसभन्दा मुनि उमेरका छन् ।

सबैभन्दा कम उमेर नेपाली कांग्रेसका सांसद अनुराग खड्का र जनता समाजवादी पार्टीकी सांसद अम्बिका काफ्ले रहेका छन् । उम्मेदवारी दर्ता गर्दा उनीहरू दुवैको उमेर २८ वर्ष रहेको निर्वाचन आयोगको अभिलेखमा उल्लेख छ ।

कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग दाङ क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका हुन् भने अम्बिका समानुपातिकअन्तर्गत जनता समाजवादी पार्टीको महिला खस–आर्य समूहबाट प्रदेशसभा सदस्य छानिएकी हुन् ।

कांग्रेसबाट प्रत्यक्षतर्फ रुपन्देही ४ को २ का बसिउद्दन खाँ (३९), प्युठान २ का सरोज थापा (४०), समानुपातिकतर्फ धनलक्ष्मी श्रेष्ठ (४०), निमा गिरी (३५), सञ्जुकुमारी चौधरी (३२), लोकीकुमारी विक (३८), र सुशीला बादी (४०) उमेरका सांसद हुन् ।

नेकपा एमालेबाट प्रत्यक्षतर्फका बाँके ३ को १ बाट निर्वाचित रत्नबहादुर खत्री (४०), समानुपातिकबाट सरिता पुन (३७), यमुना रोका (३९), सीता शर्मा चौधरी (३४), भगवतीकुमारी थरुनी (३५), सायरा बानु (३४) कम उमेरका सांसद हुन् ।

माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच जना यो उमेर समूहमा छैनन् । समानुपातिकमा दिलकुमारी बुढा (३९), कृष्णा थारु (४०) छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फका बर्दिया १ को २ का राजकुमार चौधरी (३१) बर्दिया २ को २ बाट सांसद भएका धर्मबहादुर चौधरी (३६), समानुपातिकतर्फ नोरीकुमारी चौधरी (३२) वर्षका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपन्देही ४ को १ बाटा निर्वाचित कन्हैया बनिया (३३), समानुपातिकतर्फ हेमा बेलबासे केसी (३७), राष्ट्रिय जनमोर्चाबाट समानुपातिकतर्फ तारा थापा (३७) यो उमेर समूहमा हुन् ।

प्रत्यक्षतर्फ राप्रपाबाट विजयी रुपन्देही १ को १ का आशिष चौधरी (३४), जनमत पार्टीका रुपन्देही ५ को २ बाट निर्वाचित चन्द्रकेश गुप्ता (३०) र स्वतन्त्र उम्मेदवार भएर जितेका नवलपरासी पश्चिम २ को १ का खड्ग बस्नेत (३६) युवा प्रदेशसभा सदस्य हुन् ।

ठूला दलभन्दा साना दलबाट युवा उमेरका धेरै उम्मेदवार बने पनि उनीहरू विजयी हुन भने सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर