आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज (भिडिओ) – Nepal Press

आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज (भिडिओ)

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर रोमान्टिक सिनेमा ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलर आर्यन र उपासनाको वरिपरि घुम्छ । यी दुई बीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महसुस गर्न सकिन्छ ।

प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कहिँ खुल्ला र कतै सस्पेन्स छोडिएको छ । केहि मन छुने संवादले दर्शक ट्रेलरसंग कनेक्ट हुन्छन ।

पुष १५ मा रिलिज हुने सिनेमामा आर्यन र उपासनासंगै शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ ।

बीपीका खनालको कथा, केदार भुषाल/प्रतिक पौडेलको संवाद/पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा/कोसिस क्षेत्री/सुशान्त गौतम/प्रतिक पौडेलको संगीत र बनिष शाहको सम्पादन रहेको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल/अशिम काफ्लेको कार्यकारी निर्माण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *