आजबाट विराट एक्स्पाे, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने – Nepal Press

आजबाट विराट एक्स्पाे, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आजदेखि पुस ६ गते सम्म सञ्चालन हुने विराट एक्स्पोको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने भएकी छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले एक्स्पोको उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज आउन लागेको बताए ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए ।

प्रविधिँगै एक्स्पोमा रोबटसँग भेटघाट, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको छ ।

उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताएका हुन् । एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *