‘सोनाम’ ब्राण्डका उत्पादनमा ७० प्रतिशतसम्म छुट – Nepal Press

‘सोनाम’ ब्राण्डका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडोका उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । यही मंसिर २४ देखि पुस १६ गतेसम्मका लागि व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको खरिदमा ग्राहकहरुले उल्लेखित छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुटका साथै नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट उपलब्ध हुने जनाएको छ ।

यो योजना काठमाडौंको ठमेलस्थित क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा तथा बुटवलको आउटलेटहरुमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *