संसदमा देखिएका समस्या सुधारेर अघि बढ्नुपर्छ : अधयक्ष तिमिल्सिना – Nepal Press

संसदमा देखिएका समस्या सुधारेर अघि बढ्नुपर्छ : अधयक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

१६ औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले वुधबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सरकार र संसद् बीचमा समन्वय गर्दै समस्या सुधार गर्दै लैजानुपर्ने बताएका हुन् ।

संसद अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढंगले चलाउन कर्मचारीहरुपनि प्रतिवद्ध भएर लाग्नुपर्ने उनले बताए । उनले संसद सेवाको स्वायत्ततालाई अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने विषयलाई सम्बोधन गर्न आफू लाग्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले अहिले नै कर्मचारीको सेवासुविधा वृद्धिभन्दा पनि परिणामको विषय मुख्य भएको बताए । आफू राष्ट्रियसभाका अध्यक्ष भएपछि कुनै पनि बिषयमा पक्षपात नगरेको भन्दै पक्षपात भएको कसैले प्रमाणीत गरे आफुले राजीनामा दिने उनले बताए ।

त्यस्तै, संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद् सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए । कार्यक्रममा उत्कृष्ट सेवा गर्ने संसद् सचिवालयका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर