रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चमा रिट – Nepal Press

रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नागरिकता विवाद चलिरहेकाले लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गरिएको हो ।

सिन्धुलीका युवराज सफलले वुधबार रविविरुद्ध रिट दायर गराएका हुन्। रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा तोकिएको छ ।

लामिछाने चितवन २ बाट निर्वाचित भएका थिए। उनको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर