निर्वाचनको समीक्षामा जुट्यो माओवादी गण्डकी प्रदेश कमिटी – Nepal Press

निर्वाचनको समीक्षामा जुट्यो माओवादी गण्डकी प्रदेश कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक बसेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पोखरामा बैठक बसिरहेको छ ।

बैठकमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समीक्षा र गण्डकी प्रदेश सरकार गठनलगायतका बिषयमा छलफल भइरहेको छ ।

बैठकलाई प्रचण्डले प्रशिक्षण दिनुका साथै निर्वाचनको बारेमा आत्मसमीक्षा गरेर अघि बढ्न पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर