इलाम १ मा पुन: मतदान माग्दै झलनाथले दायर गरे रिट – Nepal Press

इलाम १ मा पुन: मतदान माग्दै झलनाथले दायर गरे रिट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धाँधली गरेर आफूलाई हराएको भन्दै नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले इलाम १ मा पुनः मतदान गराउन माग गरेका छन् ।

नेता खनाललाई एमाले महेश बस्नेतले हराएका थिए । नेता बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए ।

प्रतिक्रिया

One thought on “इलाम १ मा पुन: मतदान माग्दै झलनाथले दायर गरे रिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर