अध्यादेशमा ज्ञानेन्द्र शाहीको टिप्पणी- अपराधबाट छुट पाउन राजनीति खोल ओढ्नुपर्छ भन्ने देखियो (भिडिओ) – Nepal Press

अध्यादेशमा ज्ञानेन्द्र शाहीको टिप्पणी- अपराधबाट छुट पाउन राजनीति खोल ओढ्नुपर्छ भन्ने देखियो (भिडिओ)

काठमाडौं । राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।

शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको बताए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताए । उनले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गरे ।

वर्तमानमा चर्चित मुद्दाहरूमात्र नभइ १० वर्षे द्धन्दका आडमा भएका व्यक्तिविरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अवरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरूसमेत वर्तमान सरकार यही अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा रहेको उनले आरोप लगाए ।

उनले अहिलेको यो अध्यादेश पारित भए ईंट्टाभट्टमा जिउँदै मान्छे जलाउने अफ्ताब आलमपनि छुट्ने बताए । आफूले जनप्रतिनिधिको नाताले यो अध्यादेश देश र जनताको हितमा नभएको भन्दै विरोध गरेको शाहीको भनाई छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर