अध्यादेश फिर्ता लिन बारको माग – Nepal Press

अध्यादेश फिर्ता लिन बारको माग

काठमाडौं । नेपाल बार एशोसिएशनले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्दै ल्याउन लागिएको अध्यादेश फिर्ता गर्न माग गरेको छ ।

मंगलबार विज्ञप्ति निकाल्दै बारले संसद चालू नरहेको बेला ल्याउन लागिएको अध्यादेशले संवैधानिक प्रावधानलाई पुष्टि हुन नसक्ने बताएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएकोबारे बारको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘विधिको शासन, लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका लगायतका संविधानबादका सिद्धान्त अंगिकार गरी संवैधानिक सर्वोच्चता मान्ने वर्तमान संवैधानिक प्रावधान अनुसार संसद चालु नरहेको अवस्थामा अत्यावश्यक कार्य गर्न आवश्यक पर्ने विषयमा अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानलाई पुष्टि हुन नसक्ने गरी नेपाल सरकार, मन्त्री परिषद्बाट जारी गर्न खोजेको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश, २०७९ अविलम्ब फिर्ता लिन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, बारले भनेको छ ।

प्रतिक्रिया

One thought on “अध्यादेश फिर्ता लिन बारको माग

  1. मुद्दा फिर्ता भएपछि वकिलले मुद्दा लडन नपाउने । कमाउन नपाउने ।अनि गर्नु परेन विरोध ? दलाली पेशामा आँच आउने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर