गाउँपालिका महासंघमा भागवण्डा, नेतृत्वमा को-को आए ? – Nepal Press

गाउँपालिका महासंघमा भागवण्डा, नेतृत्वमा को-को आए ?

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गर्ने राजनीतिक दलबीच सहमति भएको छ ।

काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा नयाँ नेतृत्वका लागि राजनीतिक दलबीचबाट भएको भागवण्डाबाट नेपाली कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन गर्ने सहमति भएको हो ।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने सहमति भएको छ । यद्यपी उपाध्यक्षको भने टुंगो लागिसकेको छैन । महासचिवमा भने स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन गर्ने सहमति भएको छ । उनी नेकपा (एमाले)बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा दोस्रो ठूलो दल बने एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाउने सहमति बनेको जनाइएको छ । त्यस्तै, सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार चयन गर्ने सहमति पनि भएको छ ।

कोषाध्यक्ष पाएको नेकपा (माओवादी केन्द्र)ले भने नाम तय गर्न बाँकी रहेको छ । बाँकी सदस्यमा इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दीलकुमारी लिम्बु, मोरङको केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य रहेका छन् ।

यस्तै, पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, सहनशीला ओली (सल्यानको कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली र डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर