रविले भने- अध्यादेशको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा – Nepal Press

रविले भने- अध्यादेशको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संशोधनका लागि ल्याउन लागिएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

यो अध्यादेशले जनादेशको मर्म र नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको रविको भनाइ छ ।

‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ’, रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर