सलोन-करिश्माको विवाहमा आधारित म्यूजिक भिडिओ ट्रेन्डिङमा – Nepal Press

सलोन-करिश्माको विवाहमा आधारित म्यूजिक भिडिओ ट्रेन्डिङमा

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ ।

आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । सलोनलाई राजा र करिश्मालाई रानीको रूपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडिओमा उनीहरूको विवाहलाई उतारिएको छ ।

बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि, करिश्मा भित्रिँदासम्मको दृष्य म्यूजिक भिडिओमा देख्न सकिन्छ । गीतमा आमेशलाई गायिका सुनिता थेगिमले साथ दिएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत रहेको छ । सार्वजनिक गीत केही समयसम्म युट्युब ट्रेन्डिङको १३ औं स्थानमा थियो । अहिले भने १९ओँ स्थानमा पुगेको छ।

भिडिओको निर्देशक र निर्माता सलोन आफैँ छन् । आमेश र सलोन मिल्ने साथी हुन् । सिनेमा ‘मेला’ मा एकसाथ काम गरेपछि उनीहरूबीच मित्रता गाँसिएको थियो । सोही मित्रताको चिनो स्वरूप विवाहको उपहार बताउँदै आमेशले सलोनको लागि ‘राजारानी’ गीत लेखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *