माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त
नेपाल प्रेस
२०७९ मंसिर २५ गते १४:४५
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्का लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।
उनीहरुलाई आइतबार नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया