चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै – Nepal Press

चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस, एमाले, राप्रपा र जसपाको बैठक डाकिएको छ । चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, बालकुमारी, ललितपुरमा बसिरहेको छ ।

यस्तै नेकपा एमालेको हिजो स्थगित भएको सचिवालय बैठक आज बस्दैछ । प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमालेको हिजो स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बिहान ११ बजे पार्टी कार्यालय, धुम्बाराहीमा बस्दैछ ।

साथै नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि  साढे ९ बजे बोलाइएको छ ।  १ बजेका लागि तय गरिएको बैठक अहिले साढे ९ मै बस्न लागेकाे हाे  ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर