निर्वाचनको समीक्षामा जुट्यो बाबुराम नेतृत्वको नेसपा
नेपाल प्रेस
२०७९ मंसिर २३ गते १७:५९
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय पदाधिकारीको बैठक बसेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबारे समिक्षा गर्न नेसपाको बैठक बसेको हो ।
बैठकमा प्रदेशगत रिपोर्टिङ र समीक्षा भएकोे जनाइएको छ । साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ ।
बैठकमा नेसपाको अध्यक्ष डा. बाबुराम भट्टराई, महेन्द्रराय यादवलगायत नेताहरु सहभागी थिए । नेसपाले माओवादी केन्द्रका चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएकोे थियो ।
प्रतिक्रिया