‘गो ब्याक’ को आदेश आएपछि राणाको निवासमा तैनाथ सुरक्षाकर्मी निस्किए
नेपाल प्रेस
२०७९ मंसिर २१ गते १३:५१
काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई निवासबाट बाहिरिन नरोक्ने संकेत गरेको छ ।
केही बेर अघि राणाको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको भए पनि अहिले सबै निस्किएका छन् ।
सुरक्षा स्रोतका अनुसार माथिल्लो निकायबाट ‘गो– ब्याक’ को आदेश आएपछि त्यहाँबाट सुरक्षाकर्मीहरूलाई हटाइएको हो ।
प्रधानन्यायाधीश राणा अहिलेसम्म निवासबाट निस्किएका छैनन् । महाअभियोग निष्क्रिय भएपश्चात् उनले आजै सर्वोच्च जाने बताएका थिए ।
प्रतिक्रिया