बारका नेता भन्छन्- राणालाई सर्वोच्च पस्न दिँदैनौं, महाअभियोग निष्क्रिय हुँदैन – Nepal Press

बारका नेता भन्छन्- राणालाई सर्वोच्च पस्न दिँदैनौं, महाअभियोग निष्क्रिय हुँदैन

काठमाडौं । नेपाल बार एशोशिएशन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भएको छ । बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्रमाथि प्रश्न उठाएका छन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने मनस्थितिमा छन् । यस विषयमा निर्णय लिन बारको आकस्मिक बैठक अहिले जारी छ ।

बारको बैठक चलिरहँदा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताए ।

उनले भने, ‘सभामुखले अर्को प्रतिनिधिसभामा पेश गर्ने भनेको प्रस्तावलाई कर्मचारीले निष्क्रिय तुल्याउन सक्दैनन् । राणालाई संसदका महासचिवले दिएको पत्र गलत छ । त्यस्तो पत्रका आधारमा हामी उनलाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि अब आउने प्रतिनिधिसभाले महाअभियोगको काम-कारबाही अघि बढाउने बताए ।

प्रतिक्रिया

One thought on “बारका नेता भन्छन्- राणालाई सर्वोच्च पस्न दिँदैनौं, महाअभियोग निष्क्रिय हुँदैन

  1. वार भनेको दलालहरूको झुण्ड मात्र भनेको त गुण्डाहरूको अखडा पनि हो जस्तो देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर