चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने
नेपाल प्रेस
२०७९ मंसिर २१ गते १२:२७
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अहिले घोषणा भएको लाभांश अघिल्लो वर्षभनदा कम हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर