सीएसआईटी भर्ना शुल्कमा मापदण्ड बनाउन अनेरास्ववियुको माग – Nepal Press

सीएसआईटी भर्ना शुल्कमा मापदण्ड बनाउन अनेरास्ववियुको माग

काठमाडौं । अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालय आईओएसटी अन्तर्गतको बीएससी सीएसआईटीको भर्ना शुल्कमा मापदण्ड बनाउन आग्रह गरेको छ ।

बीएससी सीएसआईटीमा भर्ना हुने विद्यार्थीलाई १५ सय प्रवेश परीक्षा शुल्क र प्रायोरिटी फाराम भर्ने नाममा पुन: ५ सय थप्नु विद्यार्थीको हितमा नभएको अनेरास्ववियुको ठहर छ ।

विनायोजना नाजायज रूपमा परिक्षाको नाममा विद्यार्थीबाट शुल्कमात्रै उठाउँदा कमाउधन्दामा लागेको आशंका देखिएकाले अनावश्यक शुल्क तत्काल फिर्ता गर्न र सीएसआईटी पढाइ हुने सबै कलेजमा निश्चित मापदण्ड र निजी तथा सरकारी कलेजहरुमा नियमित छात्रवृत्ति लागू गर्न माग राखिएको अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले जानकारी दिए ।

आईओएसटी डिनसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा माग पूरा नभए आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर