नेको इन्स्योरेन्सले १५ प्रतिशत र मितेरी डेभलपमेन्टले १३ प्रतिशत बोनस सेयर दिने – Nepal Press

नेको इन्स्योरेन्सले १५ प्रतिशत र मितेरी डेभलपमेन्टले १३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेको इन्स्योरेन्स १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार हिजाे  बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । यस्तै मितेरी डेभलपमेन्ट बैंकले पनि १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मितरीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

बैंकले हाल कायम ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो । गत वर्ष मितेरीले १३.३०५ बोनस सेयर र कर तिर्न ०.७०५ नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *