कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता
नेपाल प्रेस
२०७९ मंसिर १८ गते १९:०७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सि.के.राउतबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा शिष्टाचार भेटवार्ता भएको हो ।
उनीहरुबीच बधाई साटासाट भएको छ । भेटमा उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य र समसामयिक विषयमा छलफल भएको हो ।
प्रतिक्रिया