दोलखा अपडेट : मतान्तर घटाउँदै एमालेका सिवाकोटी
नेपाल प्रेस
२०७९ मंसिर १७ गते २२:३०
काठमाडौं । प्रतिनिधिसभा तर्फ दोलखाको मतगणना जारी रहँदा सुरुदेखि नै फराकिलो मतान्तरले पछि परेका एमालेका वालकृष्ण सिवाकोटीले मतान्तर घटाएका छन् ।
शनिबार राती १० बजेसम्मको परिणामअनुसार गठबन्धनका गंगा कार्कीले १३३०९ मत पाउँदा एमालेक सिवाकोटीले १२७४३ मत पाएका छन् ।
गणना जारी भएदेखिको यो सबैभन्दा कम मतान्तर हो ।
यस्तै घण्टीका उम्मेदवार जगदीश खरेलले १३९० मत पाएका छन् ।
प्रदेशतर्फ क्षेत्र नम्बर १ म कांग्रेसका कुन्दन काफ्लेले अग्रता बनाउँदा क्षेत्र नम्बर २ तर्फ एमालेका भरत केसीले अग्रता लिएका छन् ।
प्रतिक्रिया