दोलखाका चार मतदान स्थलमा पुनः मतदान, ५० प्रतिशत मत खस्यो
नेपाल प्रेस
२०७९ मंसिर १५ गते १८:४०
काठमाडौं । दोलखाको चारवटा मतदान स्थलमा पुनः मतदान भएको छ । बिहीबार भएको मतदानमा ४९.९८ प्रतिशत मत खसेको छ । जुन गत मंसिर ४ गते भएको मतदानभन्दा एक हजार ३२२ मतले कमी हो ।
मंसिर ४ मा भएको निर्वाचनमा बुथ कब्जा भएपछि पुनः मतदान गरिएको हो ।
दोलखामा प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट बालकृष्ण सिवाकोटी तथा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्कीलगायत प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया