अमेरिकी स्टार किम र कान्येको सम्बन्धविच्छेद पक्का – Nepal Press

अमेरिकी स्टार किम र कान्येको सम्बन्धविच्छेद पक्का

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर कान्ये वेस्ट र स्टार किम कार्दसियनले सम्बन्धविच्छेद गर्ने भएका छन् । सन् २०१४ मा विवाह गरेको यो जोडीले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएको थियो ।सीएनएनका अनुसार यी दुईको सम्बन्धविच्छेद हुने पक्का भएको हो ।

सम्बन्धविच्छेदपछि बच्चाको भरणपोषणको लागि कान्येले किमलाई मासिक दुई लाख अमेरिकी डलर दिनुपर्ने अदालतले आदेश दिएको छ । यो जोडीको दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *