मेस्सीको पेनाल्टी ‘मिस’, अर्जेन्टिना दबाबमा
नेपाल प्रेस
२०७९ मंसिर १५ गते १:४२
दोहा– विश्वकप फुटबलअन्तर्गत अहिले पोल्यान्ड र अर्जेन्टिनाबीच भइरहेको खेल पहिलो हाफ सकिँदासम्म गोलरहित बराबरीमा रहेको छ।
अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएपनि लियोनल मेस्सीले सदुपयोग गर्न सकेनन्।
पोल्यान्डका गोलरक्षकले मेस्सीको प्रहार रोकेका थिए। ३९ औँ मिनेटमा मेस्सीलाई डीबक्सभित्र लडाइएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। अघिल्लो चरण पुग्न अर्जेन्टिना यो खेल जित्नुपर्ने दबाबमा रहेकाे छ।
यी दुई टोली रहेको समूहकाे अर्को खेलमा अहिले साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो हाफ समाप्तीमा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
प्रतिक्रिया