बालेनप्रति ओलीको कटाक्ष- सुकुम्वासी शत्रु ठान्ने भए १०/२० वटा डोजर किने भइहाल्थ्यो नि ! (भिडिओ) – Nepal Press

बालेनप्रति ओलीको कटाक्ष- सुकुम्वासी शत्रु ठान्ने भए १०/२० वटा डोजर किने भइहाल्थ्यो नि ! (भिडिओ)

‘फुसको छाप्रो भत्काउन डोजर लिएर गएको देख्दा अचम्म लाग्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको चर्को आलोचना गरेका छन्।

नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जन सांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको टिप्पणी गरेका हुन्।

ओलीले भने, ‘सुकुम्वासी बस्तीमा तमासा, त्यहाँ तमासा गर्ने हाकिमका कुरा सुन्दा खेरी हामीलाई पुलिसले हामीलाई सहयोग नै गरेन । नत्र त जित्यौँ। त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ । केके न बहादुरी गरेजस्तो ? शत्रु देशको लडाइँजस्तो। भाषा, शैली र तरिका छ।’

चुप लागेर खोला किनारमा बसेको गरिब कुरुवगालाई हटाएर के हुन्छ ? भनेर प्रश्न समेत गरे। बलबाट लोकतन्त्रमा समस्या समाधान नहुने उनको भनाइ छ।

सुकुम्वासी र राज्यको बीचमा हारजित भएजस्तो कुरा गरेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘गोली हान्ने पुलिस अलि पछि बस्यो। हामीलाई साथ दिएको भए ढुंगामुडाले के नै गर्न सक्थ्यो। के भन्यो त्यो। सुख सयलमा बसेको मान्छेलाई गरिबको भावना बुझ्न गाह्रो हुन्छ। उन्मादले समस्या समाधान हुँदैन। अर्को ठाउँमा बल्झिन्छ।’

सुकुम्वासीलाई शत्रु ठानेर पराजित गर्नुपर्ने कुनै कारण नभएको बताए। सुकुम्वासी समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले आयोग गठन गरेपनि आफूलाई हटाएको उनको भनाइ छ।

सुकुम्वासी समाधान आयोग कहाँ गयो ? त्यहाँ सुकुम्वासीलाई डोजर लगेर पेलेको छ। डोजर लिएर जाने भए आयोग किन बनाएको ? आयोगका पदाधिकारीलाई किन तनखा खुवाएको ? १०/२० वटा डोजर किनेको भए भइहाल्थ्यो नि। ड्राइभरलाई तालिम दिए भयो चलाउन।’

उनले फुसका छाप्रा भत्काउन डोजर लिएर गएकोप्रति आफूलाई अचम्म लागेको टिप्पणी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर