सुनसरी ४ : सञ्चारमन्त्री कार्की र जगदीशको मतान्तर १३६
नेपाल प्रेस
२०७९ मंसिर १३ गते १७:०३
काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै गरेका छन् ।
मतगणनाको पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरुबीच १३६ मतको अन्तर छ । अब बराहक्षेत्र ९ नम्बर वडाको २७ सय गणना जारी हुँदा यस्तो देखिएको हो ।
यस क्षेत्रमा शनिबार साँझदेखि स्थगित गणना आज दिउँसोदेखि सुरु भएको हो ।
प्रतिक्रिया