नेकपा एसको प्रारम्भिक समीक्षा- सोचेजस्तो परिणाम आएन, तर गठबन्धनको उपलब्धि रक्षा गर्नुपर्छ (भिडिओ) – Nepal Press

नेकपा एसको प्रारम्भिक समीक्षा- सोचेजस्तो परिणाम आएन, तर गठबन्धनको उपलब्धि रक्षा गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गरेको छ । चुनावको समीक्षा गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले सोचेजस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

खतिवडाले सत्ता गठबन्धन कायमै राख्ने र राष्ट्रपतिमा झलनाथ खनाललाई प्रस्ताव गर्ने सम्भावना रहेको बताए । खनाल राष्ट्रपति बन्ने सम्भावना रहे पनि अहिले त्यसबारे छलफल नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर