दाङमा गंगा चौधरीसहित ६४ उम्मेदवारको जमानत जफत – Nepal Press

दाङमा गंगा चौधरीसहित ६४ उम्मेदवारको जमानत जफत

दाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका मध्य दाङमा ६४ जना उम्मेदवारको जमानत जफत भएको छ । दाङमा प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका छ क्षेत्रमा उम्मेदवार बनेका ८९ जना उम्मेदवारहरू मध्य २५ जनाले मात्र जमानत बचाउन सफल भए ।

दाङ निर्वाचन क्षेत्र–१ मा प्रतिनिधि सभातर्फका ४ महिला र ४ जना पुरुष गरी आठ जना उम्मेदवार, क्षेत्र नं. २ मा १ महिला र ११ पुरुष गरेर १२ जना र क्षेत्र नं. ३ मा १३ जना पुरुष गरेर जम्मा ३३ जना उम्मेदवारहरूको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।

त्यसै गरी प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरूको जमानत जफत भएको छ । प्रदेशसभासहित क्षेत्र नं. १मा ४ महिला र १३ पुरुष गरेर १७ जना, प्रदेशसभासहित क्षेत्र नं. २ मा २ महिला र १८ जना पुरुष गरेर २० जना र क्षेत्र नं. २ मा १ महिला र २६ पुरुष गरेर २७ जना उम्मेदवारहरू रहेका छन् ।

निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभातर्फ उम्मेदवार बनेका गठबन्धनबाट निर्वाचन जितेका ९ जना, नेकपा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका ९ जना, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका ३ जना, नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) र १(ख)बाट प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवारसहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. २ (क)मा उम्मेदवार बनेका एक जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् जमानत जफत हुनेमा प्रतिनिधिसभाका २८ जना र प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरू रहेका छन् ।

जसअन्तर्गत क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हाम्रो नेपाली पार्टीका उम्मेदवार पूर्व सांसद गंगा सत्गौवा थारु, संघीय लोकतान्त्रिक थारुहट मंन्चका उम्मेदवार पूर्व सांसद रुक्मिना चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका लिली बुढाथोकी, मंगल नेशनल अर्गनाइजेशनका शोभाराम बुढा,नेपाली कांग्रेस बिपीका अशोक खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिभा बुढामगर, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्वुजा र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेसहित ८ जना उम्मेदवारहरू रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसै गरी दाङ क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलानाथ योगी, मंगोल नेशनल अर्गनाइजेशनका खड्गबहादुर बुढामगर, नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत,नेपाली कांग्रेस बिपीका गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्का,नेपाल मजदुर किसान पार्टीका आशाराम वैद्य र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर डाँगी, यमलाल जिसी र भूपनाथ अर्जेजगरी १२ जना उम्मेदवार रहेका छन् ।

त्यसै गरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ओजबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का सालिकराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगल नेशनल पार्टीका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी,राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णवीर नेपाली,नेपाल मजदुर किसान पार्टीका वीर बहादुर चौधरी र स्वतन्त्र उम्मेदवारहरू हेमन्तबहादुर मल्ल, भूपबहादुर भण्डारी, तिलक खड्का,लीलाधर न्यौपाने, घनश्याम डाँगी र टोपेन्द्र बस्नेत गरी १३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर