लघुवित्तको लाभांशमा थप कडाइ – Nepal Press

लघुवित्तको लाभांशमा थप कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांशमा थप कडाइ गरेको छ ।

नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै कैन्द्रीय बैंकले कडाइको नीति लिएको हो । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जनाएको छ ।

संशोधित निर्देशनले २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरे सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम जगेडाकोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत-निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *