महेन्द्र यादवलाई झिनाे मतले हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी – Nepal Press

महेन्द्र यादवलाई झिनाे मतले हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै  नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी  भएका छन् ।

एमालेका रघुवीर महासेठ ३२ हजार २३६  पाएर विजयी भएका हुन्  भने  कांग्रेसका सह–महामन्त्री यादवले ३२हजार ११२ मत पाएर पराजित भए ।  महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।

दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठलाई अन्तिममा गणना गरिएको मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो ।

सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए । आज बिहान मिथिला ११ को गणना थालेसँगै मासेठले लिड गरेका थिए ।

७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।

तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले- जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।

जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने । जसपा- एमाले तालमेल गराउन महासेठले भूमिका खेलेका थिए ।

धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर