शेयर बजारमा उत्साह, दुई अर्बको कारोबार – Nepal Press

शेयर बजारमा उत्साह, दुई अर्बको कारोबार

काठमाडौं । चुनावपछि सेयर बजारमा आइतबार उत्साह देखियो । नयाँ सरकारको आशमा उत्साहित बनेका लगानीकर्ताले आइतबार सेयर २ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रि गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३२.४३ विन्दुले बढेर १९६५.८ अंकमा आएको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । ३२ सय हाराहारीमा पुगेको बजार अहिले १९ सयको लाइनमा छ ।

आजै मौद्रिक नीतिको समीक्षा आउने र सो मार्फत केही लचक नीति लिने आशमा लगानीकर्ता उत्साहित बनेको देखिएका छन् । आजको बजारमा डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाएको छ । बजार पुँजीकरण २८ खर्ब २७ अर्ब पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *