सुनसरी २ मा एमालेका भीम आचार्य झण्डै ६ हजार मतले विजयी – Nepal Press

सुनसरी २ मा एमालेका भीम आचार्य झण्डै ६ हजार मतले विजयी

काठमाडौं । सुनसरी २ बाट नेकपा एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सीताराम मेहतालाई झण्डै ६ हजार मतले पछि पार्दै आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किएका छन् ।

एमालेका आचार्यले ३२०२४ मत पाउँदा मेहता २६०६८ मा रोकिए । दुईजनाबीचको मतान्तर ५९५६ रहेको छ ।

२०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए । अघिल्लो पटक प्रदेशसभा सदस्य हुँदा उनी प्रदेश १ को मुख्यमन्त्री बने ।

सुनसरीका क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा पनि एमालेले जितेर गठबन्धनलाई क्लिनस्वीप गरेको छ । १ बाट जिल्ला अध्यक्ष रेवती भण्डारी र २ बाट रामप्रसाद मेहता निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर