माओवादीका मातृका यादवलाई पराजित गर्दै धनुषा १ बाट जसपाका कार्की विजयी – Nepal Press

माओवादीका मातृका यादवलाई पराजित गर्दै धनुषा १ बाट जसपाका कार्की विजयी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् ।

कार्कीले झण्डै ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवलाई पराजित गरेका हुन् ।

एमालेसँगको तालमेलमा उठेका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।

७४ मा यादवले कार्कीलाई पराजित गरेका थिए ।

एमाले परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका किशोरी साह १४४६८ मत ल्याएर तेस्रो बनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर