ओलीपछि राजेन्द्र लिङ्देनको पार्टी पङ्क्तिलाई निर्देशन- समानुपातिक मतगणनामा विशेष ध्यान दिनू
नेपाल प्रेस
२०७९ मंसिर १० गते १९:३५
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।
एमाले अध्यक्ष ओलीले केही गठबन्धन दलको मत अश्वभाविक वृद्धि भएको भन्दै कार्यकर्तालाई सजग हुन निर्देशन दिए लगत्तै राप्रपा अध्यक्षको वक्तव्य आएको हो ।
उनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन,अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै प्रबन्ध गर्न मातहत कमिटी र उम्मेदवारहरूलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया