मत गणनास्थलबाटै खनाललाई युवा संघ नेताको सुझाव- बचेखुचेको इज्जत जोगाउनुस् – Nepal Press

मत गणनास्थलबाटै खनाललाई युवा संघ नेताको सुझाव- बचेखुचेको इज्जत जोगाउनुस्

‘जनताले विकास नगरेको र पार्टी फुटाएको सजाय झलनाथ खनाललाई दिएका हुन्’

झापा । मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पुनः मतदान माग गरेपछि गणनास्थलमै एमालेको प्रतिनिधि समेत रहेका युवा संघका नेता निरोज पौडेलले भएको इज्जत समेत धूलिसाथ नगर्न सुझाव दिएका छन् ।

पौडेलले वक्तव्य जारी गर्दै ७ दिनमा ४० हजार मतगणना भइसकेको र एमालेका महेश बस्नेत अघि बढेको भन्दै खनालले मिडियामा धाँधली भयो भनेर आफ्नै बेइज्जत गरेको बताएका छन् ।

शान्तिपूर्ण चुनाव भएको भनेर वक्तव्य दिने खनालले चुनाव हार्ने भएपछि धाँधलीको आरोप लगाउनु लज्जास्पद भएको बताएका छन् ।

उनले भनेका छन्- सरकार उसैका, कर्मचारी उसैका, सारा स्रोत, साधन र शक्ति पनि उसैका । कसले धाँधॅली गरेका होलान् रु इलामका जनता झलनाथले विकास नगरेको र पार्टी फुटाएको विषयमा रिसाएर भोट नदिएको अवस्थामा यतिखेर बोल्नु भनेको हार स्वीकार गर्न नसक्नु हो।

प्रतिक्रिया

One thought on “मत गणनास्थलबाटै खनाललाई युवा संघ नेताको सुझाव- बचेखुचेको इज्जत जोगाउनुस्

  1. सहि दिनुभयो । मन्त्री र पद बेचेर पैसा कमाउन पाईदैन भनेर पनि हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर