राष्ट्रिय राजनीति अस्थिर हुने खतरा छ, सजक हुनुपर्ने बेला आएको छ : सिंह – Nepal Press

राष्ट्रिय राजनीति अस्थिर हुने खतरा छ, सजक हुनुपर्ने बेला आएको छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

शनिवार मतदातालाई धन्यवाद दिन विभिन्न स्थान पुगेका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरू अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरू दलहरूले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थिरताको भुमरी परेको उनले बताए ।

नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरू पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थिर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राखे ।

तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि विकास निर्माण लगायतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर